म्युजिक भिडियोका बादशाहको गीतमा पत्नी पिडा

काठमाडौं। नेपाली म्युजिक भिडियोका बादशाह गायक सीताराम पोखरेलको विजया दशमीको शुभकामना सहित नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। म्युजिक भिडियोका बादशाह गायक पोखरेलको विलकुलै नयाँ गीत ‘चित्त दुख्छ रे उनैको’ सार्वजनिक भएको हो।

विगत ३३ बर्षदेखि हरेक बर्ष नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गर्दैआएका गायक पोखरेलको ३३ औंं म्युजिक भिडियो ‘चित्त दुख्छ रे उनैको’मा आम पोखरेलका गीतका भिडियोहरुभन्दा फरक छन्। हरेक बर्ष कुनै न कुनै गीतमा नयाँ विषयवस्तुमा म्युजिक भिडियो वनाउंदैआएका गायक पोखरेलले यो बर्ष ‘चित्त दुख्छ रे उनैको’गीतको भिडियोमा पत्नी पिडित पतिको विशेष भूमिकामा अभिनय गरेका छन्। गायक पोखरेलको नवविवाहिता पत्नीको भूमिकामा नायिका उषा उप्रेतीको अभिनय छ।

आधुनिक जमानाको पत्नीले पाएमा सोझो इमान्दार पतिलाई कतिसम्म हैरान पार्ने गर्दछ भन्ने गजबको कथावस्तु ‘चित्त दुख्छ रे उनैको’गीतको भिडियोमा जस्ताको तस्तै प्रस्तुत गरिएको छ। मुनाल शिशिर कोइरालाको शव्द–रचना तथा निर्देशन रहेको गीतमा सागर शरद अधिकारीको संगीत, सञ्जय श्रीपालको एरेन्ज रहेको छ । सुजन श्रेष्ठको छायांकन र सिलन लम्सालले गीतको भिडियो सम्पादन गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *