यूएईलाई हराउँदै नेपालले चुम्याे यू–१९ काे उपाधि
वर्षा रोकिएपछि डिएल मेथड अनुसार यूएईलाई २७ ओभरमा १९८ रनको परिमार्जित लक्ष्य दिइएकाे थियाे । तर, यूएई १७८ रनमा अलआउट भयाे । नेपालका अलराउन्डर आकाश त्रिपाठीले महत्त्वपूर्ण चार विकेट लिए ।
यसअघि नेपालका लागि कप्तान देव खनालले शानदार शतक बनाए । उनी ९२ बलमा १०० रन बनाएर आउट भएका थिए । खनालको प्रतियोगितामा यो दोस्रो शतक हो । उनले ओपनर अर्जुन कुमालसँग गरेको शतकीय साझेदारीले नेपाललाई बलियो स्थितिमा पुर्याएको थियो ।
