नेपाली किक्रेट टोली स्वदेश फर्कियाे, विमानस्थलमा भब्य स्वागत

काठमाडौं, ९ कात्तिक । नेपाली  किक्रेट टोली स्वदेश फर्केको छ । 
। मलेसियामा सम्पन्न एसीसी यू- १९ प्रिमियर कपको उपाधि जितेर नेपाली  किक्रेट टोली स्वदेश फर्केको हाे । यूएईलाई हराउँदै फाइनलमा जित हात पारेकाे नेपाली टोली नेपाल फर्किदा त्रिभुवन विमानस्थलमा भव्य स्वागत भएको छ । उक्त टाेलीलाई विमानस्थलमा क्यानका पदाधिकारीहरुले फुलमाला खादाले स्वागत गरेका हुन् । 

 

मंगलबार भएको खेलमाटस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा २८० रनको बलियो स्कोर खडा गरेको थियो । जवाफी ब्याटिङमा उत्रेको यूएईले २ विकेट क्षतिमा ५२ रन बनाएको अवस्थामा वर्षाका कारण खेल लामो समय अवरुद्ध भएको थियो ।

वर्षा रोकिएपछि डिएल मेथड अनुसार यूएईलाई २७ ओभरमा १९८ रनको परिमार्जित लक्ष्य दिइयो । तर, यूएई १७८ रनमा अलआउट भएको थियाे । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *