नेपाल त्रिकोणात्मक टी-२० सिरिजको उपाधिका लागि युएईसंग भिड्दै

काठमाडौं, १० कात्तिक । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजको उपाधिका लागि घरेलु टोली नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदै छ।

प्रतियोगितामा अपराजित रहँदै नेपाल फाइनल पुगेको थियाे भने र तीन खेल हारका बाबजुत युएई फाइनलमा पुगेको थियाे ।

नेपाल, युएई र हङकङ समिलित सिरिजमा नेपालले युएई र हङकङलाई सबै ४ खेलमा पराजित गरेको थियो। युएईले भने हङकङलाई एक खेलमा पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।

फाइनल बिहान ११ बजे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने छ। यसअघि लिग चरणका सबै खेल मुलपानी क्रिकेट मैदानमा भएको थियो।

नेपालले पहिलो खेलमै युएईलाई ७ विकेटले पराजित गरेको थियो भने युएईलाई अर्को खेलमा ६ विकेटले हराएको थियो। यस्तै हङकङलाई पहिलो खेलमा ६ विकेटले र दोस्रो खेलमा ७९ रनले हराएको थियो।

टी-२० आईमा नेपाल र यूएईबीच अहिलेसम्म कुल ७ खेल भएका छन्। जसमा नेपालले ४ खेल जित्दा यूएई तीन खेलमा विजयी भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *