प्रधानमन्त्री ‘प्रचण्ड’ र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं, १० कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

आज दिउँसो सिंहदरबारमा उहाँहरूबीच भेटघाट भएको प्रधानमन्त्रीको सचिवालयले जनाएकाे छ ।

प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसको आसन्न नेपाल भ्रमणको सन्दर्भमा छलफल गर्न खोजेको स्रोतले बतायो ।