सोनापुर मिनरल्सको शेयरमा पहिलो दिन नै नकारात्मक सर्किट

काठमाडाैं, १२ कात्तिक । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको शेयर कारोबारमा आएको पहिलो दिन नै नकारात्मक सर्किट लागेको छ।

प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा शेयर निष्काशन गरेको शेयर आज ओरालो लागेको हाे ।

कम्पनीको शेयर दशैं अघिको अन्तिम कारोबार दिन नेप्सेमा सूचीकृत भइ आज (कात्तिक १२ गते) देखि कारोबारमा आएको हो।

पहिलो कारोबारका लागि १४२ रुपैयाँ १ पैसादेखि ४२६ रुपैयाँ ३ पैसासम्मको ओपनिङ्ग रेञ्ज पाएको यस कम्पनीको शेयर यस दिनको स्पेशल प्रि ओपन सेसनमा ३५० रुपैयाँमा कारोबार खुलेको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *