आइसिसी टी-२० विश्वकप एसिया छनोटमा सिंगापुरसँग खेल्दै नेपाल

काठमाडाैं, १३ कात्तिक । आइसिसी टी-२० विश्वकप २०२४ का लागि एसिया छनोट खेल आजदेखि काठमाडौंमा सुरू हुँदैछ।

आजकाे खेलमा नेपालले सिंगापुरसँग खेल्दैछन् । नेपाल समूह ‘ए’मा रहेकाे छ । नेपाल र सिंगापुरकाे खेल कीर्तिपुर मैदानमा बिहान ९ बजेदेखि खेल सुरू हुनेछ।

आजै समूह ‘बी’ काे पनि खेल हुँदैछ। समूह ‘बी’का सबै खेल मुलपानी क्रिकेट मैदानमा खेलाइने छ।समूह ‘बी’ बाट युएई र बहराइन बिहान ९ बजेदेखि मुलपानी क्रिकेट मैदानमा खेल्नेछन्।

एसिया क्षेत्र छनोटमा ८ देश सहभागी छन्। ८ टिमलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल, सिंगापुर, ओमान र मलेसिया समूह ‘ए’ मा छन् भने युएई, बहराइन, हङकङ र कुवेत समूह ‘बी’मा छन्।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *