मलेसियाले दियो नेपाललाई १६६ रनको लक्ष्य

काठमाडौं, १४ कात्तिक । आइसिसी टी-२० विश्वकप छनोट खेलमा नेपाललाई मलेसियाले १६६ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६५ रन बनाएको हो ।
मलेसियाका लागि सैयद अजिजले ६८, जुबादी जुल्किफ्लेले २४, सर्विन मुनियान्दे र विजय उन्नीले १३ रन जोडे ।
बलिङतर्फ नेपालका अविनाश बोहराले ४, रोहित पौडेल, सन्दीप लामिछाने र गुल्सन झाले १/१ विकेट लिए ।
विश्वकप छनोटको पहिलो खेलमा नेपालले सिंगापुरलाई हराएको थियो।