नेपाल टी-२० विश्वकप छनोटको सेमिफाइनलमा प्रवेश
काठमाडौं, १४ कात्तिक । मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपाल टी-२० विश्वकप छनोटको सेमिफाइनलमा प्रवेश गरेकाे छ ।
कीर्तिपुरस्थित खेल मैदान घरेलु टोली नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै सेमिफाइनलमा पुगेकाे हाे ।
नेपालकाे याे लगातार दोस्रो जित हाे । हिलो खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले पराजित गरेकाे थियो । नेपालले समूहको अन्तिम खेलमा अब ओमानसँग खेल्ने छ । यो खेलले समूह विजेता र उपविजेता तय गर्ने छ ।
मलेसियाले दिएको एक सय ६६ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । नेपालका लागि कुशल मल्लले ६५ र कुशल भुर्तेलले ४३ रन बनाए ।
नेपालले पहिलो विकेटका लागि ४९ रन र दोस्रो विकेटका लागि ६७ रनको साझेदारी गरेको थियो । आसिफ शेख ३२ र रोहित पौडेल २ रन बनाएर आउट भए । मल्लले ३४ बलमा ७ छक्का र २ चौका प्रहार गरे । यस्तै भुर्तेलले २५ बलमा चार छक्का र चार चौका प्रहार गरे ।
त्यसअघि टस जितेर ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ६५ रन बनाएकाे थियाे ।
