विश्वकप छनोटका लागि युएईले नेपाललाई दियाे १३५ रनको लक्ष्य

काठमाडाैं, १७ कात्तिक । टी–२० विश्वकप छनोटका लागि युएईले नेपाललाई जितका लागि १३५ रनको लक्ष्य दिएकाे छ ।
काठमाडौंको मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन जोड्यो ।
युएईका लागि वृत्य अरविन्दले सर्वाधिक ६४, कप्तान मोहम्मद वासिमले २६ रन बनाए । नेपालका कुशल मल्लले ३, सन्दीप लामिछानेले २, रोहित पौडेल र सोमपाली कामीले १–१ विकेट लिए ।
यो खेलको विजेता सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट हुनेछ।