१० वर्षपछि नेपाल टी–२० विश्वकपमा छनोट

काठमाडौं, १७ कात्तिक । टी–२० विश्वकप क्रिकेटका लागि छनोट हुन नेपालले नेपाल १० कुर्नु परेको छ । आज काठमाडौंको मूलपानी मैदानमा भएको खेलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै नेपालले यो अवसर प्राप्त गरेको हो ।

नेपालले अब यो जितसँगै सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२० विश्वकपका लागि छनोट भएको छ । युएईले दिएको १३५ रनको लक्ष्यलाई १७.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्दै नेपालले यो अवसर प्राप्त गरेको हो । यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो । युएईले दिएको १३५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका आशिफ शेखले सर्वाधिक ६३ रन बनाए भने कप्तान रोहित पौडेलले ३५, गुल्सन झाले २२ र कुशल भुर्तेलले ११ रन जोडे ।