टी-२० विश्वकप छनोटको फाइनलमा नेपालले ओमानलाई दियो १८५ रनको लक्ष्य

काठमाडौं, १९ कात्तिक । आईसीसी टी-२० विश्वकप एसीयाली छनोटको फाइनलमा नेपालले ओमानलाई १८५ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको छ ।

नेपालका लागि गुल्सन झाले सर्वाधिक ५४, कप्तान रोहितकुमार पौडेलले नटआउट ५२, कुशल भुर्तेलले ३१, करण केसीले २०, सन्दीप जोराले १०, आशिफ शेखले ६, कुशल मल्लले ३ र विवेक यादवले १ रन बनाए ।