शेयर बजारमा नेप्सेसँगै बढ्यो कारोबार रकम
काठमाडाैं, २१ कात्तिक । मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। यस दिन नेप्से परिसूचक ११.२२ अंक बढेर १८५८.७६ विन्दुमा पुगेको छ।
त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.४६ अंक बढेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ।
अघिल्लो कारोबार दिन करिब ९४ करोडको शेयर कारोबार भएको बजारमा यस दिन २८५ स्टकको ४० हजार ६०० पटकको कारोबारमा ९९ करोड ६५ लाख ८६ हजार रुपैयाँ बराबरको ४३ लाख ३१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
कारोबार रकमका आधारमा यस दिन हिमालयन बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ९ करोड १६ लाख रुपैयाँ बराबरको संस्थापक शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन माछापुच्छ्रे बैंकको ६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने सोनापुर मिनरल्सको करिब ६ करोडको शेयर किनबेच भएको छ।
यस दिन लक्ष्मी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ८.१६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन सोनापुर मिनरल्स र सिटिजन लाइफ इन्स्योरेन्सको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य सर्वाधिक ८.२६ प्रतिशत घटेको छ। कारोबारमा आएको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको शेयरमूल्य यस दिन करिब ६ प्रतिशत घटेको छ।
१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। यस दिन लगानी उपसमूहको परिसूचक सर्वाधिक १.५१ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन वित्त, जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन ०.१८ प्रतिशत घटेको हो।