राष्ट्रिय गौरवको आयोजनाको रूपमा गौतम बुद्धसहित तीन क्रिकेट रंगशालालाई अघि बढाइने
काठमाडौं, २३ कात्तिक । सरकारले तीन क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले मोरङको विराटनगर, काठमाडौंको मुलपानी र चितवनको गौतमबुद्ध क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाउने निर्णय गरेकाे सञ्चार मन्त्री तथा प्रवक्ता रेखा शर्माले बताउनुभयाे ।
क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना देखिएकाले सरकारले क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाउने निर्णय गरेकाे जनाएकाे छ ।