मोरङको उर्लाबारीमा आगलागी हुँदा प्रहरीसहित २० जना घाइते

विराटनगर, २७ कात्तिक । मोरङको उर्लाबारीमा गएराती भएको आगलागीमा परि चार जना प्रहरीहरूसहित २० जना भन्दा बढी घाइते भएका छन् ।

स्थानीय दीपक कार्कीको घरमा रहेको सुन पसलमा लक्ष्मी पूजा गर्दा राती १० बजे तिर आगलागी भएकाे हाे ।

लक्ष्मी पूजा गर्दा सल्किएको आगो निभाउन जाने क्रममा प्रहरीसहित २० जना भन्दा बढी घाइते भएकाे प्रहरीले जनाएकाे छ । उनीहरूकाे विराटनगर र बिर्तामोडका विभिन्न अस्पतालमा उपचार भई रहेको छ ।

घाइतेहरूमध्ये ९ जनालाई विराटनगर, र १० जनलाई झापाको बिर्तामोडमा उपचारका लागि पठाइएको छ ।

सुन पसलभित्र आगलागी भएपछि घटनास्थल पुगेका सुरक्षाकर्मी र स्थानीयले सटर खोल्दा आगोले पोलेर घाइते भएकाहरू केहीको अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ ।

आगो लागेको करिब ३ घण्टापछि मध्यरात १२ बजे नियन्त्रणमा आएको थियाे ।