सिन्धुली कारागारमा देउसी खेलेर सुतेका थुनुवाको मृत्यु

काठमाडौं, ३० कात्तिक । सिन्धुली कारागारमा एक जना थुनुवाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दुधौली नगरपालिका-१० का ३० वर्षीय विमल थापामगर रहेकाे जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डिएसपी चिरञ्जीवी दाहालले जानकारी दिनुभयाे ।

बुधबार राति कारागारमै तिहार मनाएर देउसी खेलिसकेपछि खाना खाएर सुतेका विमल बिहीबार बिहान साढे ३ बजे बेहोस अवस्थामा भेटिएको डीएसपी दाहालले बताउनुभयाे ।

बेहोस अवस्थामा भेटिएपछि उनलाई सिन्धुली जिल्ला अस्पतालमा पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

विमलको मृत्युको कारण नखुलेकाे र उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमै राखिएको डीएसपी दाहालले बताउनुभयाे । उहाँका अनुसार पोष्टमार्टमपछि थप अनुसन्धान हुनेछ ।