सामाजिक सञ्जाल टिकटक प्रतिबन्धविरूद्ध सर्वोच्चमा रिट
काठमाडाैं, १ मङ्सिर । सामाजिक सञ्जाल टिकटक प्रतिबन्धविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ।
कात्तिकको २७ गते मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।
सरकारको उक्त कदमविरूद्ध अधिवक्ता दिनेश त्रिपाठी सर्वोच्च पुगेका हुन् । त्रिपाठीले शुक्रबार सर्वोच्चमा रिट दिएका हुन्।
टिकटक बन्द हुँदा संवैधानिक लोकतन्त्र, नागरिकका हक एवं स्वतन्त्रताहरु विधिको शासन अनुसार हुनुपर्नेम त्यसो नभएको रिट निवेदन उल्लेख छ ।
अभिव्यक्ति स्वतन्त्रताको समेत हनन हुने दाबी गर्दै त्रिपाठीले टिकटक बन्द गर्ने सरकारको निर्णय बदरको माग गरेका छन् ।
सामाजिक सद्भाव बिग्रिन थालेकाले टिकटक बन्द गर्ने निर्णय गरिएको सरकारको भनाइ थियो।