राष्ट्रिय युवा संघले काठमाडौंकाे तिनकुनेमा कार्यक्रम गर्ने
काठमाडाैं, ४ मंसिर । काठमाडौं जिल्ला प्रशासनले काठमाडाैंकाे माइतीघर वरपर निषेधित क्षेत्र घोषणा गरेपछि राष्ट्रिय युवा संघले काठमाडौंकाे तिनकुनेमा कार्यक्रम गर्ने भएकाे छ ।
प्रशासनले दुवै पक्षलाई बोलाएर माइतीघरमा कार्यक्रम गर्न नदिने बताएपछि राष्ट्रिय युवा संघले आज एक विज्ञप्ती निकालेर कार्यक्रमस्थल सारेकाे हाे ।
राष्ट्रिय युवा संघ नेपाल र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को आयोजनामा मंसिर ७ गते माइतीघर मण्डलामा ‘युवा-विद्यार्थी विशेष कार्यकम’ आयोजना गरिएको थियाे ।
प्रशासनले वैकल्पिक स्थानमा कार्यक्रम गर्न भनिएका कारण राष्ट्रिय युवा संघले काठमाडौंकाे तिनकुनेमा कार्यक्रम हुने जनाएकाे छ ।