विश्वकप छनोट : आज नेपाल र यमन भिड्दै

काठमाडौं, ५ मंसिर । फिफा विश्वकप छनोट २०२६ को दोस्रो चरणमा आज नेपालले यमनसंग भिड्दै छन् ।

दशरथ रङ्गशालामा आज साँझ ७ बजे सुरु हुने खेलमा नेपाल र यमनकाे भिडन्त हुन लागेकाे हाे।

एएफसी एशिया कप २०२७ का रूपमा समेत हेरिएको यो खेलमा नेपाल जित निकाल्नै पर्ने दबाबमा छ । गत कात्तिक ३० गते दुबईमा भएको खेलमा नेपाल युएईसँग ४–० गोल अन्तरले पराजित भएको थियो ।

नेपाल फिफा वरियतामा १७३औँ स्थानमा छ भने यमन १५६औँ स्थानमा रहेको छ । नेपालको समूहमा युएई, बहराइन र यमन रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *