केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिता उद्घाटन गर्दै ओली (पाँच तस्बिर)
पोखरा, ७ मंसिर । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पोखरा पुगेर केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिता उद्घाटन गर्नुभएको छ । उहाँले उद्घाटन गरेसँगै खेल सुरु भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा प्रतियोगिता सुरु भएको हो । कार्यक्रम उद्घाटन गर्दै ओलीले सरकारको लगानीबिना खेल र खेलाडीको विकास असम्भव हुने बताउनु भयो ।
खेलाडीहरू व्यवसायिक नबनेसम्म खेलकुदमा समृद्धि सम्भव नहुने उहाँको तर्क थियो । प्रतियोगितामा ७ प्रदेशका ७ टिम, विभागीय टिमहरू नेपाल पुलिस, नेपाल आर्मी, एपीएफ र मदन भण्डारी स्पोर्टस एकेडेमीको २ गरी १२ टिमको सहभागिता हुनेछ ।प्रतियोगितामा विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट बलरले नगद २० हजार र म्यान अफ द म्याचले नगद ५ हजार रूपैयाँ नगद प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।

