आकर्षक डिजाइनमा भिभो भी२९ फाइभजी सिरिज
काठमाडाैं, ८ मंसिर । भिभो भी सिरिजले नयाँ स्मार्टफोन भी२९ फाइभजी र भी२९ई ल्याएकाे छ । उत्कृष्ट प्राविधिक र आकर्षक डिजाइन भएको भी२९ फाइभजी सिरिजले स्मार्टफोन मात्र नभएर जसले स्मार्टफोन फोटोग्राफी र डिजाइनको पनि काम गर्दछ ।
भी२९ फाइभजी सिरिजले स्मार्टफोनले फोटोग्राफीको सीमालाई वृद्धि गरेकाे छ । यस्ले स्मार्ट औरा लाइट पोट्र्रेट, स्मार्ट कलर टेम्परेचर एडजस्टमेन्ट, सुपर ग्रुप भिडियो, सुपर मुन मोड र एस्ट्रो मोड जस्ता विशेषताहरूसँग यसले सुक्ष्म विवरणहरू, जीवन्त रङहरू खिच्न र आश्चर्यजनक पोट्र्रेटहरू सिर्जना गर्न मद्दत गर्दछ ।
दुबै भी२९ फाइभजी र भी२९ई फाइभजी ले फोटोग्राफीलाई अगाडि ल्याउने क्यामेरा सेटअप प्रदर्शन गर्दछ । भी२९ फाइभजी मा, ५० एमपी ओआईएस अल्ट्रा–सेन्सिङ क्यामेरा, ८एमपी अल्ट्रा वाइड–एंगल क्यामेरा र २ एमपी मोनोक्रोम क्यामेरा रहेको छ जसले गुणस्तरीय फोटो प्रदान गर्दछ । भी२९ई फाइभजी मा ६४ एमपी अल्ट्रा–सेन्सिङ क्यामेरा, ८ एमपी अल्ट्रा वाइड–एंगल क्यामेरा, र २एक्स प्रोफेशनल पोट्र्रेट मोडहरू छन् । यी सुविधाहरूले प्रयोगकर्ताहरूले प्यानोरामिक शटहरूदेखि लिएर उत्कृष्ट पोट्र्रेटहरू सम्म सजिलै खिच्न सक्छन् ।
यो स्मार्टफोनमा स्लिम प्रोफाइल बडी र हल्का तौल रहेको छ । भी२९ फाइभजीमा उद्योगकै पहिलो “इनोभेटिभ थ्रीडी म्याग्नेटिक पार्टिकल” प्रविधि प्रयोग गरिएको छ जसले फोनको पछाडिको प्यानलमा आकर्षक पिक ब्लू रङ प्रदान गर्दछ । साथै नोबेल ब्ल्याक कलरमा फ्लोराइट एजी ग्लास रहेको छ जसमा भएको न्यानो–स्केल फोटो इचिंग टेक्निकले स्थायित्व प्रदान गदै स्टेन रेसिस्टेन्ट बनाउँछ ।
त्यस्तै भी२९ई फाइभजीमा रोज गोल्डको लागि नानो–स्केल फोटोइचिङ प्रविधि र फरेस्ट ब्ल्याकको लागि फ्लोराइट एजी ग्लास रहेको छ । यी डिजाइनले सौन्दर्यता बढाउनुका साथै स्थायित्व प्रदान गर्दछ । भी२९ई को स्लिम फ्ल्याट फ्रेमले यसको सौन्दर्यता थप्नुका साथै समग्र प्रयोगकर्ता अनुभव वृद्धि गर्दछ ।