चेतना नभएका मुर्खहरुले राजतन्त्र फर्काउन हिँडेका छन् : अध्यक्ष ओली

काठमाडौं, ८ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चेतना नभएका मुर्खहरुले राजतन्त्र फर्काउन हिँडेकाे बताउनुभएकाे छ ।

शुक्रबार भ्रातृ संगठन युवा संघको भेलालाई काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त टिप्पणी गर्नुभएकाे हाे ।

अध्यक्ष ओलीले जनताले वाक्क भएर राजतन्त्र अन्त्य गरेको बताउनुहुँदै अब राजतन्त्र फर्किने कल्पना गर्न नहुने बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘एउटा मान्छेको छोरा जन्मिँदै राष्ट्रप्रमुख हुन जन्मिने, अर्कोले जति मरिमेटे पनि हुन नसक्ने… मैले भनेँ भने चित्त दुखाउँछन्… चेतनै नभएका मुर्खहरुले राजतन्त्र मान्छन् । एउटा मान्छेको छोरा जन्मिँदै राजा… लाटो जन्मिन्छ कि गँजडी, ड्रगिष्ट, लफङ्गा भएर जन्मिन्छ कि… जन्मिँदै राजा हुने ? त्यही हुनपर्छ भन्ने ? कठैबरी’ ।

नेपालमा राजतन्त्रले दुःख दिने बाहेक केही नगरेको उहाँले बताउनुभयाे ।