आईसीसी क्रिकेट वर्ल्डकपको लिग टु सिरिज नेपालमा हुने
काठमाडौं, १५ मंसिर । आईसीसी क्रिकेट वर्ल्डकप लिग टुको पहिलो सिरिज नेपालमा हुने भएको छ ।
आगामी फागुन ५ गतेबाट काठमाडौंमा हुने पहिलो सिरिजमा नेदरल्याण्ड्स र नामिबियासहित नेपालले खेल्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । नेपालले दुवै टोलीसँग समान दुई खेल खेल्नेछ ।
नेदरल्यान्ड्सले यसै पटकदेखि लिग-२ नै खेल्ने भएको हो । नेदरल्यान्ड्सले २०१९ देखि २०२३ सम्म १२ टेस्ट टोलीसँग सुपर लिग खेलेको थियो ।
लिग टूको यो दोस्रो संकरण हो, जुन २०२७ सम्म चल्नेछ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)का अनुसार यो संस्करणमा ८ देश सहभागी हुनेछन् । पहिलो संकरणमा ७ टिम मात्र थिए ।
यो संस्करणमा ८ टीम नेपाल, युएई, ओमान, स्कटल्यान्ड, नेदरल्यान्ड्स, नामिबिया, अमेरिका र क्यानडा छन् । त्रिकोणात्मक सिरिजको रुपमा खेल्नेछन् ।
यसअघि २०१९ देखी २०२३ सम्म चलेको लिग २ मा नेपालले तेस्रो स्थानमा रहँदै जिम्बावेमा विश्वकप छनोट खेलेको थियो । यसअघिको लिग २ मा शीर्ष तीन टोलीले सोझै विश्वकप छनोट खेल्न पाएका थिए ।