वीरगञ्ज युनाइटेडले सुपर लिगमा खाेल्याे खाता

काठमाडौं, १९ मंसिर । वीरगञ्ज युनाइटेडले ललितपुर सिटीलाई बराबरीमा रोक्दै नेपाल सुपर लिगमा खाता खोलेको छ ।

मंगलबार भएको खेलमा वीरगञ्जले ललितपुरलाई २–२ गोलको बराबरीमा रोकेको हो । बराबरीसँगै वीरगञ्जले एक अंक जोडेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा वीरगञ्जले अग्रता लिएको थियो । उसका लागि १०औं मिनेटमा विलियम ओपोकुले गोल गरे । तर १३औं मिनेटमा इमोन इकेजेले वान भर्सेस वानमा बराबरी गोल गरे ।

३९औं मिनेटमा निखिलले गोल गरेपछि पहिलो हाफमा ललितपुरले २–१ को अग्रता बनायो । दोस्रो हाफको सुरुमै वीरगञ्जले गोल फर्कायो । विलियम ओपोकुले करिव ३५ यार्डबाट हानेको फ्रिकिक क्रसबारमा लागेर फर्किएको थियो, जुन बललाई कृपाकान्त चौधरीले गोलमा परिणत गरे ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *