दाेहाेराे अंकले बढ्याे नेप्से
काठमाडाैं, २१ मंसिर । शेयर बजारमा नेप्से दाेहाेराे अंकले बढेकाे छ । बिहीबार नेप्से सूचक ११.७३ अंकले बढेर १८५२.७७ विन्दुमा पुगेको छ। यस दिन नेपाल पुनरबीमा कम्पनीको संस्थापक शेयरको कारोबारले गर्दा कारोबार रकम बढेको छ।
यस दिन २ अर्ब ७९ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ। जसमा पुनर्बीमा कम्पनीको संस्थापक शेयर मात्रै ८६ करोड ८३ लाख रुपैयाँका खरिदबिक्री भएको छ।
यस्तै सिटिजन्स लाइफ इन्स्योरेन्स र सोनापुर मिनिरल्को पनि ९ करोड बढीको शेयर कारोबार भएको छ । यस दिन आजैबाट शेयर कारोबार खुलेको त्रिशुली जलविद्युत कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने समाज लघुवित्तको ९.९७ प्रतिशत र सिवाइसी लघुवित्तको ९.९१ प्रतिशतले बढेको छ।
हिजो सर्किट लागेर बढेको ग्लोबल आइएमई लघुवित्तको शेयरमूल्य ७.८१ प्रतिशतले घटेको छ भने मन्दाकिनी हाइड्रोपावर ५.४१ प्रतिशत र विजय लघुवित्त ५.१९ प्रतिशतले घटेको छ।
बिहीबार निर्जीवन बीमा र हाइड्रोपावर कम्पनीमा लगानीकर्ताको आकर्षण बढेको छ। निर्जीवन बीमा उपमूहको सूचक २.११ प्रतिशतले बढेको छ भने हाइड्रोपावर उपसमूहको सूचक १.०३ प्रतिशतले बढेको छ।