यू-१९ एसिया कप क्रिकेट : पाकिस्तानसंग ७ विकेटले हार्याे नेपाल
काठमाडौं, २२ मंसिर । यूएईमा भएको यू १९ एसिया कप क्रिकेट अन्तरगत पहिलो म्याचमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको छ ।
नेपालले दिएको १५३ रनको लक्ष्य पाकिस्तानले २६.२ ओभरमै भेट्टायो । टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १५२ रनको सामान्य स्कोरमा समेटिएको थियो ।
नेपालका लागि उत्तम थापामगरले ५१ रनको अर्धसतकीय पारी खेले । यस्तै, दिपेश कँडेलले ३१ रन र ओपनर अर्जुन कुमालले २१ रन बनाएर आउट भए ।
कप्तान देव खनाल र अनुभवि गुल्शन झाको ब्याट आज नचल्दा नेपाल बलियो स्कोरबाट चुक्यो । जवाफी ब्याटिङमा उत्रेको पाकिस्तानले पनि खराब सुरुवात गरेको थियो ।
गुल्शन झाले पाकिस्तानका दुवै ओपनरलाइ सस्तैमा पेभिलियन फर्काएर नेपालको आशा जगाए । अजान अवासिस र कप्तान साद बेगले सतकीय साझेदारी गर्दै पाकिस्तानलाई जित तर्फ डोहार्याए । सान्त्वनाका रुपमा नेपालका आकाश त्रिपाठीले पाकिस्तानी कप्तानको विकेट लिन सफल भए ।
