यू-१९ एसिया कप : आज अफगानिस्तानसँग भिड्दै नेपाल

काठमाडाैं, २४ मंसिर । एसिसी यू-१९ एसिया कपमा आज नेपालले अफगानिस्तानसँग खेल्दै छ।

दुबईस्थित आइसिसी एकेडेमी ओभल-२ मा बिहान सवा ११ बजे नेपाल र अफगानिस्तानबीचको खेल सुरू हुनेछ । नेपाल र अफगानिस्तान दुबैले समूह चरणको दोस्रो खेल खेल्दैछन्।

नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो भने अफगानिस्तान पनि भारतसँग ७ विकेटलेनै पराजित भएको थियो।

सेमिफाइनल सम्भावना जिवित राख्न दुवै देशलाई आजको खेल जित्नुपर्ने दबाव छ। आजै हुने समूह ‘ए’को अर्को खेलमा भारत र पाकिस्तान भिड्दै छन्। यी दुई टोलीलाई पनि सेमिफाइनलमा स्थान सुरक्षित बनाउन आजको खेल जित्नुपर्ने दबाव छ।

८ देश सम्मिलित जारी प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान र अफगानिस्तान समूह ‘ए’मा छन् भने श्रीलंका, बंगलादेश, युएई र जापान समूह ‘बी’मा छन्।