यू-१९ एसिया कप

अफगानिस्तानले दियो नेपाललाई २६२ रनको लक्ष्य

काठमाडौं, २४ मंसिर । यू-१९ एसिया कप क्रिकेटमा अफगानिस्तानले नेपाललाई २६२ रनको लक्ष्य दिएकाे छ ।

यूएईमा जारी यू-१९ एसिया कप क्रिकेट अन्तरगतकाे दोस्रो म्याचमा नेपाललाई अफगानिस्तानले २६२ रनको लक्ष्य दिएको हाे।

अफगानिस्तानका लागि जमसिद जद्रानले शानदार शतक प्रहार गरे । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अफगानिस्तानले निर्धारित ४९ ओभर ३ बलमा सबै विकेट गुमाउँदै २ सय ६१ रन बनायो ।

अफगानिस्तानका लागि जमशीद जद्रानले सतकीय इनिङ खेले । उनले १ सय ५३ बलमा १ सय ६ रनको सतकीय इनिङ खेले ।

नुमान शाहले ६०, रहिमुल्लाह जुर्मतीले ३५ र वफीउल्लाह तराखिलले १५ रन जोडे ।

बलिङतर्फ नेपालका गुल्सन झा, हेमन्त धामी र सुभाष भण्डारीले २(२ विकेट लिए । आकाश चन्द्र र दीपेश कडेलले १(१ विकेट लिए ।