स्वास्थ्य बीमा : दीर्घ रोगीहरुलाई तीन महिनाको औषधि एकैपटक दिने
काठमाडौं, २९ मंसिर । स्वास्थ्य बीमा बोर्डले दीर्घ रोगीहरुलाई तीन महिनाको औषधि एकैपटक दिने निर्णय गरेका छन् ।
बोर्डका अध्यक्ष डा. गुणराज लोहनीका अनुसार बुधबार स्वास्थ्य बीमा सुधार कार्यक्रमका लक्षित ८ वटा निर्णय भएको हाे ।
बोर्डले नियमित औषधि खाने दीर्घ रोगीहरुलाई तीन महिनाको औषधि दिन मिल्ने, एउटै रोगका लागि फलोअपमा जानु पर्ने विरामीले पटक पटक रेफर बनाउन नपर्ने निर्णय गरेको छ ।
बोर्डकाे बैठकले एक पटक रेफर भई आएका बिरामीलाई सोही रोग निक्र्योल नहुँदासम्म फलोअपका लागि आउँदा पुनः प्रेशण स्विकृत (रेफर) लिई रहन नपर्ने व्यवस्था मिलाउने, स्थायी संगठन संरचनाको स्वीकृतिका लागि पहल गर्ने निर्णग भएको पनि जनाएकाे छ ।