सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा

काठमाडाैं, १२ पुस । बिहीबार सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ।

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार बजारमा छापावाल सुन प्रतितोला एक हजार तीन सय रूपैयाँले बढेर एक लाख २२ हजार रूपैयाँमा कारोबार भइरहेको छ। यो हालसम्मकै उच्च मुल्य हो।

अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख २० हजार सात सय रूपैयाँमा कारोबार भएको थियो। महासंघका अनुसार बिहीबार तेजाबी सुनको मूल्य भने प्रतितोला एक लाख २१ हजार चार सय रूपैयाँ कायम गरिएको छ।

यसभन्दा अघि गत मंसिर १८ गते सबैभन्दा धेरै मूल्यमा कारोबार भएको थियो। सो दिन सुन प्रतितोला एक लाख २१ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस दुई हजार ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *