एमाले सचिवालय बैठक पार्टी कार्यालय च्यासलमा सुरु
काठमाडौं, २० पुस । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । बैठक एमाले पार्टी कार्यालय च्यासलमा सुरु भएको हो ।
बैठकमा राष्ट्रिय सभा उम्मेदवारको चयन, सत्ता गठबन्धनसँग भएको छलफल लगायतका विषयमा
छलफल हुने नेताहरुले बताएका छन् ।
आगामी फागुन २० गते राष्ट्रिय सभाका २० जना सांसद बिदा हुँदैछन् । रिक्त हुने पदका लागि माघ ११ गते चुनाव हुँदै छ ।
यस्तै ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को समीक्षा र केन्द्रीय कमिटी बैठक बोलाउने विषयमा छलफल हुने पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयाे ।