इन्स्योरेन्स कम्पनी रिलायबल नेपाल लाइफले घोषणा गर्याे लाभांश

काठमाडाैं, २५ पुस । इन्स्योरेन्स कम्पनी रिलायबल नेपाल लाइफले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १६ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.८४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

इन्स्योरेन्सको पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने घोषणा गरेको हो।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चाता सो लाभांश वितरण गरिने कम्पनीले जनाएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *