धादिङको मझिमटारमा सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध
धादिङ, १ माघ । धादिङकाे मझिमटारमा सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्ग केही समय अवरुद्ध भएकाे छ ।
सोमबार बिहान ३ बजेतिर खसेको सुख्खा पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको हाे । धादिङको मझिमटारमा सुख्खा पहिरो खसेपछि भएकाे अवरुद्ध बाटाे न्छाएर एकतर्फी सवारी सुचारु गरिएको धादिङ प्रहरीले जनाएकाे छ ।
बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर–९ स्थित कृष्णभीर नजिकै पहिरो खसेको हो । दुईतर्फी सवारी खुलाउने प्रयास भइरहेकाे प्रहरीले जनाएकाे छ भने पहिराेले बाटाेमा सवारी साधनकाे लामै जाम रहेकाे देवघाट जाने यात्रुहरूले बताएका छन् ।