सेयर बजारमा उछाल, कारोबार रकम ८ अर्ब नाघ्यो

काठमाडौं, २ माघ । मंगलबार सेयर बजार उछाल आएको छ । याे झण्डै ६ महिनायताकै उच्च विन्दु हाे ।

मंगलबार नेप्से परिसूचक ५४.५ अंक बढेर नेप्से २१७५ विन्दुमा पुगेकाे छ । र ५४.५४ अंकले वृद्धि भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा नेप्से २.५७ प्रतिशतले बढेको हाे ।

यस दिन सबै समूहरुमा हरियाली देखिएका छन् । यस दिन कारोबार रकम पनि ८ अर्ब २ करोड ३८लाख ६२ हजार रुपैयाँ पुगेको छ । नियामक निकाय नेपाल राष्ट्र बैंकले पनि मौद्रिक नीति थप लचिलो बनाउँदै आएको छ। यस्ता नीतिगत सुधारले पनि बजारमा सकरात्मक प्रभाव देखिएको हो ।

कुल २१४ कम्पनीको मूल्य बढ्दा ३१ को घट्यो भने २ को स्थिर रह्यो । यस दिन सबै समूहहरु बढेका छन् । बैंकिङ २.०३, विकास बैंक २.६३, फाइनान्स ४.७५, होटल तथा पर्यटन १.१६, हाइड्रोपावर ३.५१, लगानी ३.७०, जीवन बीमा १.७८, उत्पादन २.४९, माइक्रोफाइनान्स ३.०२, निर्जीवन बीमा १.९२, अन्य २.६२ र ब्यापार समूह २.१५ प्रतिशत बढेकाे छ ।

मंगलबार सोनापुर मिनिरल्स एण्ड आयलको सर्वाधिक सेयर कारोबार भएको छ । उक्त दिन कम्पनीको २८ करोड ३१ लाख ५५ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

कारोबार रकमको दोस्रोमा स्थानमा रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को २३ करोड २६ लाख ३८ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यस्तै, उक्त दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको पनि २१ करोड १३ लाख ९७ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *