पशुपति क्षेत्र विकास कोषकी कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति बदर

काठमाडौं, ८ माघ । उच्च अदालत पाटनले पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति बदर गरेको छ ।
उच्च अदालत पाटनका न्यायाधीश ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको संयुक्त इजलासले सुनुवाइ गर्दै अन्तरिम आदेश दिएसंगै पुनको नियुक्ति बदर भएको हो ।
कोषका भरत मरासिनीले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।
गत पुस पहिलो साता कार्यकारी निर्देशकमा नियुक्त भएकी पुनकाे नियुक्ति बदरकाे माग गर्दै पुस २९ मा मरासिनीले रिट दायर गरेका थिए ।