सरकार भ्रष्टाचारीलाई जोगाएर स्टन्टबाजीमा लागेकाे छ : एमाले नेता पदम गिरी

काठमाडौं, २४ माघ । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारले भ्रष्टाचारीलाई जोगाएर स्टन्टबाजीमा लागिरहेको बताउनुभएकाे छ ।

प्रतिनिधि सभाको आजकाे बैठकमा बोल्दै उहाँले सरकार भ्रष्टाचारीहरूको संरक्षणमा लागेकाे आरोप लगाउनुभएकाे हाे ।

[bsa_pro_ad_space id=69]

उहाँले मुलुकमा एक पछि अर्काे गर्दै ठूला ठूला भ्रष्टाचारका काण्डहरू आइरहेकाे भन्दै सरकारले उनीहरूलाई कार्वाही गर्नुकाे सट्टा स्टन्टबाजी देखाएकाे बताउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘सरकारका एकपछि अर्को ठूला ठूला भ्रष्टाचारका काण्डहरू आइरहेछन् सरकारले भ्रष्टाचारीहरूलाई कारबाही गर्ने बहनामा स्टन्टबाजी गर्छ । तर, कुनै पनि भ्रष्टाचारीलाई कानूनको दायरामा ल्याउने इच्छाशक्ति साथ काम गरेको छैन’।

 

[bsa_pro_ad_space id=68]