एसिसी महिला प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल ४ विकेटले पराजित

काठमाडौं, ४ फागुन । एसिसी महिला प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल पराजित भएकाे छ ।

मलेसियामा जारी एसीसी वुमेन्स प्रिमियर कपको सेमिफाइलनमा मलेसियासँग ४ विकेटले पराजित भएकाे हाे । याे संगै नेपालकाे एसिया कपको ढोका बन्द भएकाे छ ।

नेपालले दिएको ११६ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो । मलेसियाकी एलिसा हन्टरले सर्वाधिक ६९ रन बनाउँदै जिततर्फ पुराइन् ।

बलिङमा सीता रानामगर र कविता जोशीले २-२, कविता कुवर र रुविना क्षेत्रीले १-१ विकेट लिएका थिए ।

यसअघि मलेसियाको बायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको गुमाउँदै ११५ रन बनाएको थियो ।

वुमेन्स प्रिमियर कपको फाइलनमा पुगेका मलेसिया र युएई एसिया कपमा छनोट भएका छन् ।