क्यानडालाई दियो नेपालले १८२ रनको लक्ष्य

काठमाडौं, १० फागुन । क्यानडालाई नेपाल एले १८२ रनको लक्ष्य दिएको छ । मुलपानीस्थित क्रिकेट मैदानमा क्यानडा सँगको तीन खेलको एकदिवसीय शृङ्खलामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४६.६ ओभरमा १८१ रन बनाउँदा सबै विकेट गुमायो ।

नेपालका लागि अर्जुन कुमाल र आशुतोष घिरैयाले पहिलो विकेटका लागि ५१ रनको साझेदारी गरे । १४औं ओभरको पाँचौं बलमा घिरैया २८ रन बनाएर आउट भए ।

[bsa_pro_ad_space id=69]

अर्जुन कुमाल २७ रनमा आउट भए भने बसिर अहमदले २४ र सन्दीप जोराले २४ रन बनाए । सुजन थपलियाले २० रन बनाउँदा रासिद खान र प्रतिश जीसी समान १९/१९ रनमा आउट भए ।

क्यानडाका निकोलस किर्तोन, डिलोन हेलिगर र हर्श थाकरले समान २-२ विकेट लिए ।

 

[bsa_pro_ad_space id=68]