नेपालले नेदरल्यान्डविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्दै , प्रतिश र ललित टिममा फर्किए

काठमाडौं, १६ फागुन । घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत नेदरल्यान्डविरुद्ध नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका छन् । साथै नेपालले दोस्रो खेलमा दुई परिवर्तन गरेको छ ।

टियु क्रिकेट मैदानमा नेदरल्यान्डविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका हुन् ।

[bsa_pro_ad_space id=69]

नेपालले विवेक यादव र अभिनास बोहरालाई बेन्चमा राख्दै प्रतिश जिसी र ललित राजवंशीलाई टिममा फर्काएको छ ।

त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत मंगलबार भएको पहिलो खेलमा नेपालले नामिबियाविरूद्ध टस हारेर पहिले बलिङ गरेको थियो।

नेपालका लागि रोहित पौडेल, आसिफ शेख, सन्दीप जोरा, कुशल भुर्तेल, कुशल मल्ल, प्रतिश जिसी, दीपेन्द्र सिंह ऐरी, करण केसी, गुल्सन झा, ललित राजवंशी, सोमपाल कामी टीममा छन् ।

[bsa_pro_ad_space id=68]