लिग–२ मा तीन जित निकाल्दै नेपाली क्रिकेट टोली स्वदेश फर्कियो

काठमाडौँ, ३ कात्तिक । आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा भएको एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ।

शृङ्खलामा सहभागी भएर नेपाली टोली आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो। टोलीलाई विमानस्थलमा नेपाल क्रिकेट सङ्घ (क्यान) का प्रतिनिधिहरूले स्वागत गरेका थिए।

लिग–२ को अन्तिम शृङ्खलामा नेपालको प्रदर्शन उत्कृष्ट रह्यो। नेपालले चारमध्ये तीन खेलमा जित हासिल गरेको थियो। उक्त शृङ्खलामा नेपालले ओमान र क्यानडासँग प्रतिस्पर्धा गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *