नेपाल उपाधिका लागि आज जोर्डनसँग भिड्दै

काठमाडौं, १७ फागुन । वाफ महिला च्याम्पियनसिपकाे उपाधिको लागि आज नेपालले जोर्डनसँग खेल्दै छ ।

साउदी अरवको जेद्दाह स्थित किंग अब्दुलाह स्पोर्टस सिटी स्टेडियममा आजको खेल नेपाली समय अनुसार रातीकाे ९ः४५ बजेदेखि सुरु हुनेछ ।

समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनल पुगेको नेपालले समूह ‘ए’ को उपविजेता लेबनानलाई इन्जुरी समयमा २–१ ले पराजित गर्दै फाइनल पुगेको हो भने जोर्डनले प्यालेस्टाइनलाई ५–० ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो।

नेपाली टोलीकी मुख्य सदस्य रहेकी सावित्रा भण्डारी साम्बाले महिला च्याम्पियनसिपको फाइनल खेल गुमाउने भएकी छन् ।

जारी प्रतियोगितामा एक ह्याट्रिकसहित सर्वाधिक ९ गोल गरिसकेकी सावित्राले फ्रेन्च क्लब इभि गुइनगाम्पसँगको सम्झौताका कारण फाइनल खेलमा साम्बाले खेल्न नपाउने भएको एन्फाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *