बालेनको दमनका विरुद्ध एकजुट हुँदै कवाडी व्यवसायी (फोटो फिचर)

काठमाडौं, १८ फागुन । काठमाडौं महानगरपालिकाले कवाडी व्यवसायीलाई ३५ दिन भित्र व्यवसाय हटाउन निर्देशन दिएपछि व्यवसायीहरु आन्दोलित बनेका छन् ।

कवाडी व्यवसायका कारण वातावरण प्रदुषण, आगलागी, चोरीका घट्ना बढेको भन्दै महानगरपालिकाले कवाडी व्यवसायहरु बन्द गर्ने नीति लिएपछि व्यवसायीहरु आन्दोलित बनेका हुन् । उनीहरुले महानगरपालिकाले कवाडी व्यवसायहरुप्रति दमन गरेको भन्दै विरोध र्याली निकालेका छन् ।

उनीहरु युएन पार्क वारीपट्टी भेला भएर र्यालीको तयारीमा लागेका छन् । महानगरपालिकाका नगर प्रहरीले फुटपाथ व्यवसायीमाथि गरेको दुव्र्यवहारप्रति फुटपाथ व्यवसायी आन्दोलित बनिरहेका बेला कवाडी व्यवसायी पनि विरोधमा उत्रिएका हुन् । काठमाडौंको सुन्धारामा फुटपाथ व्यवसायी र नगर प्रहरीबीच झडप हुँदा केही नगर प्रहरी समेत घाइते भएका थिए ।