महाशिवरात्रीमा आर्ट बुमले गर्याे ‘शिव’ शिर्षकका कला प्रदर्शनी, प्रदर्शनी चैतको पहिलो हप्ता सम्म चल्ने

काठमाडौं २६ फागुन । महाशिवरात्रीको अवसरमा आर्ट बुमले  “शिव” शीर्षकमा कला प्रदर्शनी आयोजना गरेका छन् ।

आर्ट बुमले शुक्रबार देखि काठमाडौंको ठमेल स्थित होटेल आर्टस् ग्यालरीमा आयाेजना गरेकाे दिउँसो ३:०० बजे देखि सुरु भएको “शिव’ शीर्षकमा कला प्रदर्शनी आगामी चैतको पहिलो हप्ता सम्म प्रदर्शनी हुनेछ।

कला प्रदर्शनीको प्रमुख अतिथी प्रदेश सभा सदस्य माननीय शैलेन्द्रमान बज्राचार्यले उद्घाटन गर्नुभयो । कला प्रदर्शनीमा यसपटक १९ जना कलाकारले सृजना गरेका शिव शिर्षकका २१ कला प्रदर्शनी राखिएको छ।

प्रदर्शनीमा कलाकार चिरञ्जीवी भट्ट, दिनेश शाक्य, मिन रत्न बज्राचार्य, सानुराज डंगोल, किपा राणा, मल्लिका उदास, सुष्मा राजभण्डारी, मदन श्रेष्ठ, ओम प्रकाश गुरुङ, जुजुकाजी श्रेष्ठ, प्रभात श्रेष्ठ, प्रकाश मानन्धर, जीवन चौहान, प्रकाश मिजार, राजु पिठाकोटी, रत्न शाक्य, रुषा बज्राचार्य, सजिता श्रेष्ठ, बिकेश घिमिरेलगायत कलाकारका कला समावेश गरिएको छ।

शिव ‘ शिर्षकका कला प्रदर्शनीका प्रमुख अतिथी बागमती प्रदेश सभा सदस्य माननीय शैलेन्द्रमान बज्राचार्यले सहभागी कलाकारहरुलाई बधाई तथा शुभकामना मन्तव्य राख्नुहुदै आफू पनि कलाकार भएकोनाताले यस्तो कार्यक्रममा आफु सहभागी हुँदा भावुक हुनेगरेको बताउनुभयो ।

उहाँले समाज रुपान्तरण गर्न ललितकलाको भूमिका महत्वपूर्ण रहेको भन्दै अभियानका साथ आफूहरुले ललितकलाको लागि काम गर्न थालेको बताउनुभयाे । उहाँले समाज जगाउने काममा कला र कलाकारको भूमिका विशिष्ट रहेको बताउनुभयो । उहाँको बागमती प्रदेशको तल्लो तहसम्म पुगेर त्यहाँ रहेका कला र कलाकारलाई माथि उठाउने योजनाका साथ आफूहरुले काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

विगत ४ वर्षदेखि विभिन्न नेपाली उत्सवहरु सम्बन्धि पर्वसंगको शिर्षकमा हाल सम्म यो प्रदर्शनी सहित ११ वटा कला आयोजना भएको आर्ट बुमका प्रमुख रत्न शाक्यले बताउनुभयाे । शिव” शीर्षकमा आयोजक प्रमुख शाक्यले २०२० को कोभिडको बेला ११ जना साथीहरूबाट बनेको यो समूह आज चौथो वर्ष पुग्दा करिब ११ औ पटकको कला प्रदर्शनी गर्न पाउदा आफू गौरवान्वित भएको बताउनुभयो ।

कला प्रदर्शनीको उद्देश्यमाथी प्रकाश पार्दै प्रमुख शाक्यले फरक काम फरक तरिका फरक विचार भएका सृजनशील साथीहरूको यो आर्ट बुमको मुख्य उद्देश्य कला र सृजना प्रति काम गर्नु र उत्साही भएर निरन्तर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयाे ।

बिशिस्ट अतिथि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञसदस्य सुष्मा राजभण्डारीले कलालाई कलाकारले अझ निखार्दै लैजानु पर्नेमा जोड दिनुहुदै उहाँले अन्तर्राष्ट्रिय महिला दिवस तथा महाशिवरात्रीको एकै दिन जुताएर गरिएको पवित्र दिनमा देश तथा विदेशमा रहनुहुने सम्पुर्ण नारीहरुमा ‘अन्तर्राष्ट्रिय नारी दिवस’ को शुभकामना दिनुहुँदै ‘शिव’सम्बन्धि आयोजित कला प्रदर्शनीमा कलाकारको रूपमा आफु पनि सहभागी हुन पाउँदा गर्व लागेको बताइन् ।

बिशिस्ट अतिथि तथा वरिष्ठ फाेटाे ग्राफर मिन रत्न बज्राचार्यले जसरी एउटा कलाकारको लागि रङको सन्तुलन मिलाए कला सृजना गर्नुहुन्छ , त्यसरी नै एउटा फाेटाे ग्राफरले फाेटाेमा पनि प्रकाश र छायाको आत्मविभोरता सधैं खोजिरहने बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *