फाइनलमा पपुवा न्युगिनीसंग नेपाल पराजित
काठमाडौं, ३० फागुन । त्रिकोणात्मक टी-२० आई सिरिजको उपाधि पपुवा न्युगिनीले जितेकाे छ ।
हङकङमा जारी त्रिकोणात्मक टी-२० सिरिज क्रिकेटको उपाधि पपुवा न्युगिनीले जितेकाे हाे ।
पपुवा न्युगिनीले दिएको १७२ रनको लक्ष्य पछ्याएको नेपाल १६ ओभर ३ बलमा ८५ रनमा समेटिएको हो ।
नेपालका लागि सन्दीप जोराले १७, आरिफ शेखले १५ र कप्तान रोहित पौडेलले १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा पपुवा न्युगिनीका सेसे बाउ, काबुआ मोरिया, सेमो काम र चाड सोपरले २–२ विकेट लिए ।
यसअघि हङकङमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७१ रन बनाएको थियो ।