गृहमन्त्री लामिछानेविरुद्ध सिंहदरबार अगाडि नेविसंघकाे प्रदर्शन

काठमाडौं, ६ चैत । नेपाल विद्यार्थी संघ (नेविसंघ)का कार्यकर्ताहरुले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध प्रदर्शन गरेका छन् ।

नेविसंघका कार्यकर्ताहरुले गृहमन्त्री लामिछानेको नैतिकता खै?, सहकारी पीडितलाई न्याय खै, अर्थ मन्त्री सुन मन्त्रीलगायतका व्यानर बोकेर सिंहदरबार अगाडि प्रदर्शन गरेका थिए ।

प्रहरीले प्रदर्शनमा उत्रिएकाहरूलाई नियन्त्रणमा लिएको छ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएकाे भन्दै नेपाली कांग्रेस र उसका भ्रातृसंगठनहरुले विरोध जनाउँदै आएका छन् ।