आयरल्यान्ड र भारतमा हुने टी-२० सिरिजका लागि नेपाली क्रिकेट टोलीको घोषणा

काठमाडौं, ७ चैत्र । नेपाल क्रिकेट संघ क्यानले आयरल्यान्ड र भारतमा हुने टी-२० सिरिजका लागि नेपाली क्रिकेट टोलीको घोषणा गरेकाे छ ।

क्यानले बुधबार आयरल्याण्ड ‘ए’ (आयरल्याण्ड वुल्भ्स) सँग खेल्ने र भारत भ्रमणमा जाने राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको हाे । क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्सीय टोली घोषणा गरेको छ ।

नेपालले आयरल्यान्ड ए टीमसँग चैत ११ र १२ गते खेल्नेछ । भने भारतका प्रादेशिक टीम गुजरात र बरोडासँग चैत १७ गतेदेखि त्रिकोणात्मक सिरिज खेल्नेछ ।

नेपाली टोलीमा रोहित पौडेल (कप्तान), असिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अभिनास बोहरा, आकाश चन्द छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *