सिन्धुपाल्चोकमा पहिलोपटक भिक्षाटन, नगरवासीको उत्साहजनक सहभागिता

सिन्धुपाल्चोक, ६ वैशाख । सिन्धुपाल्चोककाे चाैतारामा पहिलोपटक भिक्षाटन कार्यक्रम सम्पन्न भएकाे छ ।

स्थानीय रविन्द्र श्रेष्ठकाे संयाेजकत्व तथा भक्तपुर मुनि विहारको आयोजनामा सिन्धुपाल्चोककाे चाैतारामा पहिलोपटक भिक्षाटन कार्यक्रम आयाेजना गरिएकाे हाे ।

उक्त भिक्षाटन कार्यक्रममा भक्तपुर मुनि विहारका २५ जना भिक्षुहरू सहभागी भएका थिए भने भिक्षाटनकाे समन्वय सम्पदा संरक्षण गुठी चाैतारा, सिन्धु नेवा खल, म्हसिका पुचः र भिन्तुना नेवा: आमा समूह चाैताराले गरेका थिए ।

भक्तपुर मुनि विहारबाट चौतारामा पहिलो पटक पुगेका भिक्षुहरूलाई चाैताराका जनप्रतिनिधि, समाजसेवी, चौतारा बासी, लगायतले चामल, पैसा लगायत भिक्षा दान गरेका थिए ।