वेस्ट इन्डिज ‘ए’विरुद्ध आज अन्तिम खेल खेल्दै नेपाल

काठमाडौं, २२ वैशाख । टी–२० सिरिजको अन्तिम खेलमा आज नेपालले वेस्ट इन्डिज ‘ए’ सँग अन्तिम खेल खेल्दैछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे नेपाल र वेस्ट इण्डिजबीचको खेल सुरू हुनेछ।

बिहीबार भएको सिरिजको चौथो खेलमा नेपाल २८ रनले पराजित भएकाे थियाे भने त्यसभन्दा अघि बुधबार भएकाे खेलमा नेपाललाई ७६ रनले पराजित गरेको थियो । त्यस्तै आइतबार भएको दोस्रो खेलमा नेपाल वेष्ट इन्डिज ‘ए’ सँग १० रनले पराजित भएको थियो ।

शनिबार भएको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ४ विकेटले पराजित गरेको थियो । पाँच खेल खेल्दा नेपालले एक खेल मात्र जितेको छ भने बाँकी वेस्ट इन्डिज ‘ए’ले तीन खेल जित्दै श्रृंखला जित्न सफल भएको छ ।

टी–२० विश्वकपको तयारीमा रहेको नेपालले वेस्ट इन्डिज ‘ए’ सँग घरेलु मैदानमा ५ टी२० खेल खेलिरहेको हो । घरेलु मैदानमा पाँच खेल खेलिसकेपछि नेपाली टोली वेस्ट इन्डिज प्रस्थान गर्ने तालिका रहेको क्यानले जनाएको छ ।