जापानी विदेशमन्त्री योकोले गरे हनुमानढोका क्षेत्रको अवलोकन

काठमाडौं २३ वैशाख । जापानका विदेशमन्त्री खामीखावा योकोले आजै दिउँसो काठमाडौँको हनुमानढोका, वसन्तपुर क्षेत्रको अवलोकन गर्नुभएकाे छ ।

नेपाल भ्रमणका क्रममा आउनुभएका उहाँले हनुमानढोका, वसन्तपुर, कालभैरव र त्यहाँ रहेका नेपाली सांस्कृतिक सम्पदा तथा वस्तुहरुको अवलोकन गर्नुभएकाे हाे ।

जापानको विदेशमन्त्री नियुक्त भएपछि उहाँको यो पहिलो नेपाल भ्रमण हो । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा उहाँ नेपाल भ्रमणमा आउनुभएको थियाे ।

भ्रमणका क्रममा उहाँले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्रेष्ठले उहाँको सम्मानमा रात्रिभोजको आयोजना गर्नुहुनेछ ।

विदेशमन्त्री खामिखावा भ्रमण सम्पन्न गरी आजै राति नेपाल वायु सेवाको विमानमार्फत जापानका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *