संसदमा गनगनपछि सडकमा काङ्ग्रेस

काठमाडौँ, १३ जेठ । नेपाली कांग्रेस आइतबार संसद बैठकमा गनगन गरिसकेपछि सडक ओर्लिएको छ ।

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन र सहकारीको वचत फिर्ता लगायतका विभिन्न माग राखेर कांग्रेस सडकमा ओर्लिएको हाे ।

सरकारविरुद्ध विभिन्न नारा लगाउँदै कांग्रेसका नेता कार्यकर्ताले प्रदर्शनीमार्ग नजिकका विभिन्न ठाउँबाट सडकमा प्रदर्शन गरेको छ ।

त्यस्तै गृहमन्त्री रवि लामिछानेले संसदमा बोल्दा कांग्रेस नेताहरुमाथि विभिन्न आरोप लगाएको भन्दै ती विषयमा छानबिन गर्न पनि कांग्रेसले माग गरेको छ ।

प्रदर्शनमा कांग्रेस महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, रमेश लेखकलगायतका नेताहरु सहभागी भएका छन् ।